Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • केपी ओलीले नै एसपीपीमा राष्ट्रघात गरेका हुन् : प्रचण्ड

    केपी ओलीले नै एसपीपीमा राष्ट्रघात गरेका हुन् : प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 858
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा राष्ट्रघाती क्रियाकलाप गरेको आरोप लगाएका छन् ।

    ओली नेतृत्वको तत्कालीन सरकारले एसपीपी सम्झौतामा स्वीकृति दिएको खुलासा आफूले गरेको प्रचण्डले बताए ।



    बिहीवार पार्टीबाट ललितपुर जिल्लाको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले आफूले खुलासा गर्दा उल्टै प्रमाण देखाउन चुनौती दिएको भन्दै प्रचण्डले ओली गरेका गतिविधिहरु घामजत्तिकै छर्लंग भएको बताए ।



    ‘२०१५ मा केपी ओली प्रधानमन्त्री भएको बेलामा र केपी ओली नै रक्षामन्त्री पनि भएको बेलामा यो सम्झौताबारे एउटा सैद्धान्तिक सहमति त्यतिबेलै भएको र प्रवेश गरेको भन्ने कुरा अब छ्याङ्गै भएको छ । मैले पेरिसडाँडामा शहीद रितबहादुर खड्काको श्रद्धाञ्जलीमा बोलेँ–केपी ओली गुटले संसदमा एसपीपी राष्ट्रघाती, हामी बडो राष्ट्रवादी भनेर बोले । हल्ला गर्दै थिए संसदमा’, ‘केपी ओलीले नै त्यो राष्ट्रघात गरेको हो । म चुनौती दिन्छु भनेर मैले बोलेँ । तपाईहरुले सुन्नुभएको होला ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार