Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेप्से ४५ अंकले ओरालो लाग्यो

    नेप्से ४५ अंकले ओरालो लाग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 786
    SHARES

    काठमाडौं । बिहीबार शेयर बजारमा भारी अंकको पहिरो गएको छ ।

    नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज ४५.२५ अंकले घटेर १८४८.२८ को बिन्दुमा झरेको छ ।



    यस दिन २३७ स्टकको ३३ हजार ४६० पटकको कारोबारमा १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको ५० लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।



    बिहीबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ।

    नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधीखोला लघुवित्त र सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

    कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन साढे ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार