Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • घोरल मारेको आरोप लागेको कुकुर तीन महिनापछि थुनामुक्त

    घोरल मारेको आरोप लागेको कुकुर तीन महिनापछि थुनामुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 966
    SHARES

    मुगु । तीन महिनादेखि डिभिजन वन कार्यालय, मुगुमा हिरासतमा राखिएको कुकुरलाई आज थुनामुक्त गरिएको छ।

    गत फागुन २६ गते मुगुम कार्मारोङ गाउँपालिका–१, चितैकुनाबाट घोरल मारेको अभियोगमा कुकुरका मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र कुकरलाई चैत १४ गते प्रहरीले नियन्त्रणमा लिएको थियो।



    नियन्त्रणमा लिएका व्यक्तिहरू धरौटीमा छुटे पनि कुकुर भने थुनामै थियो। तर, कुकुरका मालिक तीन महिनापछि सम्पर्कमा आएपछि कुकुरलाई उनकै जिम्मा लगाएर पठाएको कार्यालयका सूचना अधिकारी प्रनिल देवकोटाले बताए।

    जंगली जनावर चोरी शिकारी आरोपमा उनीहरूविरुद्ध कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो। जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावा छोर्देन जेठ १२ गते जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्। टासी र छिमेक भने साधारण तारेखमा छुटेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार