Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

फिफा वरीयतामा नेपाल एकै पटक ८ स्थान तल झर्यो

काठमाडौं । नेपाल फिफा वरीयतामा एकै पटक ८ स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल ८ स्थान तल झर्दै १७६ औं स्थानमा पुगेको छ । यसअघि मार्चमा जारी भएको वरीयतामा नेपाल १६८ औं स्थानमा थियो ।

नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो ।

छनोटमा नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । तीन खेलमा हारेको असर वरीयतामा समेत परेको हो ।

नेपाल एकै पटक वरीयतामा धेरै स्थान गुमाएको सन् २०१४ पछि यो पहिलो पटक हो । त्यस वर्ष सेप्टेम्बरमा नेपाल एकै पटक १७ स्थान तल झरेको थियो ।

यस वर्ष भने प्रेबुअरीमा १६७ औं स्थानमा रहेको नेपाल मार्चमा एक स्थान तल झरेको थियो ।

दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल भारत र माल्दिभ्सपछि छ । भारत १०४ औं र माल्दिभ्स १५६ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077