Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • वीरेन्द्रनगरको एक टर्की फर्ममा बर्डफ्लु पुष्टि

    वीरेन्द्रनगरको एक टर्की फर्ममा बर्डफ्लु पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 678
    SHARES

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको छ । स्थानीय एक कृषकले व्यावसायिक रुपमा पालेको टर्की धमाधम मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ ।

    पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।



    उक्त फर्ममा साना ठूला गरी एक हजार ५ सय टर्की छन् । फर्ममा रहेका सबै टर्की प्रक्रियाअनुसार मारेर सुरक्षित रुपमा तिनको व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।



    बर्डफ्लु देखिएको स्थानदेखि चारैतर्फको पाँच सय मिटर दुरीका सबै पंक्षी नष्ट गर्ने तयारी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार