Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1K
    SHARES

    कैलाली । सुदूरपश्चिममा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ३०७ जनाको एन्टिजेन र २१ जनाको पीसीआर परीक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।



    निर्देशनालयका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा २१ जनाको नमूना परीक्षण गर्दा ६ जना र कैलाली–कञ्चनपुरमा ३०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । हाल प्रदेशमा १९ जना सक्रिय संक्रमित रहेका छन् ।



    उनीहरुमध्ये १ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन् । पछिल्लो केही दिनयता सुदूरपश्चिममा कोरोना भाइरस संक्रमितहरु फेला पर्न थालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार