Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • जीतपुरसिमराका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    जीतपुरसिमराका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईलगायत दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    जीतपुरसिमरा उपमहानगर–१६ वडामा रहेको पसाहा खोलाको खोलाजन्य सामग्री उत्खनन गर्ने क्रममा उनीहरुले ठूलो रकम हिनामिना गरेको पुष्टि भएको जनाउँदै अख्तियारले उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।



    अख्तियारले मुद्दा दायर गरेका अन्यमा बारा कलैया–६ को ओम सप्लायर्सका प्रोपाइटर ओम शंकरप्रसाद रहेका छन् । यस्तै उक्त सप्लायर्स कम्पनीउपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पनि अख्तियारले मुद्दा दायर गरेको छ ।



    दायर गरिएको मुद्दामा सेढाईसँग ९९ लाख ९९ हजार ९९९ रुपैयाँ र प्रसादसँग र ओम सप्लायर्ससँग १ करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ बिगो दाबी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार