Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अध्यागमन सुधार कार्यदल गठन :

    अध्यागमनमा सेटिङ गर्ने कर्मचारीहरु गृहमन्त्रालयबिरुद्ध खनिए

    अध्यागमनमा सेटिङ गर्ने कर्मचारीहरु गृहमन्त्रालयबिरुद्ध खनिए

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 4.8K
    SHARES

    काठमाडौं । गृहमन्त्रालय अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अनियमितता र बेथिति बढिरहेका छन् । विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरुले भिजिट भिसामा बैदेशिक रोजगारीमा पठाउने गिरोहसँग कनेक्सन मिलाएर दैनिक सयौं महिला र पुरुष दुबई लगायतका देशमा उडाउने गरेका समाचर बारम्बार आउने गरेका छन् ।

    अध्यागमन लगायतका निकायमा हुने गरेका बेथितिको सुधारका लागि गृहमन्त्रालयले सहसचिव चक्रपाणि पाण्डेको संयोजकत्वमा २०७९ असार ५ गते कार्यदल गठन गरेको छ ।



    उक्त कार्यदलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरीका डीएसपीस्तरका एक जनाको प्रतिनिधित्व रहेको छ । गृहमन्त्रालयकै उपसचिव विनिता भट्टराईलाई सदस्य सचिवमा तोकिएको छ ।



    एक महिनाभित्रमा प्रतिवेदन पेश गर्नेगरी समय तोकिएको उक्त कार्यदलले सबैभन्दा बढी गुनासो आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छानबिन गर्ने भएको छ । कार्यदल गठनपछि सबैभन्दा बढी छटपटी लामो समयदेखि अध्यागमन कार्यालय विमानस्थलमा कार्यरत कर्मचारीलाई भएको छ ।

    भिजिट भिसामा दुबईमा कामदार उडाएर मानवतस्करहरुसँग दैनिक लाखौं रुपैयाँ घुस लिन पल्किएका अध्यागमनका कर्मचारीहरु आफ्नो कमाउधन्दामा असर पर्ने भएपछि गृहप्रशासन बिरुद्ध खनिन थालेका छन् । अध्यागमन कार्यायल एयरपोर्टमा बसी भिजिट भिसामा मानवतस्करी गरी अकूत सम्पत्ति कमाउन सफल अध्यागमन अधिकृत राजकुमारी खत्री, अप्सरा थापाहरु गृहमन्त्रालयका प्रशासन शाखाका कर्मचारीबिरुद्ध मिडियाबाजीमा उत्रिएका छन् ।

    राजकुमारी खत्री र अप्सरा थापा दिदीबहिनी हुन् । खत्री र थापा दिदीबहिनीका अलावा अरु ३–४ जनाका बारेमा ब्यापक गु्नासो आएपछि गृहमन्त्रालयको अनुरोधमा सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि उनीहरुलाई तानेको थियो । गृहमन्त्रालयले २ बर्ष अवधि नपुगेकालाई नतान्ने नीति बनाए पनि केही कर्मचारीले आचरण बिपरीत अध्यागमनकै बदनाम गराएपछि तानेको थियो । यसरी अध्यागमनकै बदनाम गर्नेहरुमा अध्यागमन अधिकृत बिष्णुकुमारी भट्टराई, उपसचिव शिवराज कोइराला लगायत छन् ।

    आचरण बिपरीत क्रियाकलापमा संलग्न भएपछि गृहमन्त्रालयले तानेका अधिकृत अप्सरा थापालाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ । प्रधानमन्त्री कार्यालयका उपसचिव सन्तोष पौडेलले कारबाहीस्वरुप तानिएकी थापालाई प्रधानमन्त्री कार्यालयमा लगेर पुरस्कृत गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार