Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • म पार्टीको निर्णय मान्न तयार छु : मन्त्री प्रेम आले

    म पार्टीको निर्णय मान्न तयार छु : मन्त्री प्रेम आले

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 669
    SHARES

    फाइल फोटो

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्री हेरफेरसम्बन्धी पार्टीको निर्णय १२ घण्टाभित्र कार्यान्वयन गर्न आफूले भूमिका खेल्ने बताएका छन् ।

    नेकपा एसको पोलिटब्यूरो बैठकमा बोल्दै मन्त्री आलेले पार्टीको निर्णय मान्न आफू बाधक नभएको प्रष्टीकरण दिएका हुन् ।



    आलेको भनाइ उदृत गर्दै एक सदस्यले भने, ‘म पार्टीको निर्णय मान्न तयार छु । मैले पहिले नै भनेको हुँ ।



    अब १२ घण्टाभित्र यो निर्णय कार्यान्वयन गर्नका लागि मेरो भूमिका हुन्छ, म पार्टीको पद्दति मान्छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार