Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • तेस्रो पटक प्रधानमन्त्री भएँ भने देशलाई नयाँ युगतिर लैजाने छु : प्रचण्ड

    तेस्रो पटक प्रधानमन्त्री भएँ भने देशलाई नयाँ युगतिर लैजाने छु : प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री बन्न चाहेको बताएका छन् ।

    नेपाल पर्वतारोहण संघको नवनिर्वाचित नेतृत्वलाई पदभार हस्तान्तरण समारोहमा उनले प्रधानमन्त्री बन्न चाहेको भन्दै आफूसँग अब देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताएका हुन्।



    प्रचण्डले भने– अहिले तपाईँहरूले अबको प्रधानमन्त्री भन्नुभयो । तपाईँहरूको आशीर्वादले तेस्रो पटक देशको नेतृत्व गर्ने मौका पाएँ भने देशलाई नयाँ युगतिर लैजाने,अहिलेका तमाम विकृतिमाथि प्रहार गर्दै समृद्धिको यात्रामा लैजाने सपना मेरो मनभित्र छ ।



    आफ्नो पहिलो कार्यकाल झिलिमिलीमै बितेको र दोस्रो पटक प्रधानमन्त्री हुँदा धेरै राम्रो सुधारको प्रयास गरेको भन्दै दोस्रो कार्यकालप्रति गर्व रहेको बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार