Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोड बजेट

    काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोड बजेट

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । शुक्रबार नगरसभामार्फत उपमेयर सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

    विनियोजित कुल बजेट मध्ये आर्थिक विकास कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको महानगरले जनाएको छ । जुन कुल विनियोजित बजेटको २.२४ प्रतिशत हो ।



    यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ करोड ६८ लाख ९८ लाख ६० हजार छुट्याइएको छ । जुन कुल बजेटको २०।९६ प्रतिशत हो । यस्तै, पूर्वाधार क्षेत्र विकासका लागि कुल बजेटको ४९.५७ प्रतिशत अर्थात् ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट छुट्याइएको डंगोलले बताइन् ।



    बजेट खर्चको स्रोत व्यवस्थापनतर्फ महानगरले सञ्चितकोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार बाहेक सामाजिक सुरक्षा भत्ता, संघीय सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट प्राप्त हुने र स्थानीय सञ्चितिकोष बाहेकको बजेटमा समावेश हुने ३ अर्ब ५ करोड १ लाख ४७ हजार रहेको महानगरपालिकाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार