Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • मन्त्री पद जाने नै भएपछि पर्यटनमन्त्री आलेले गरे राजीनामाको घोषणा

    मन्त्री पद जाने नै भएपछि पर्यटनमन्त्री आलेले गरे राजीनामाको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् ।

    बैठकमा मन्त्री आलेले पार्टीले ६ महिनाका लागि आफूहरुलाई सरकारमा पठाएको भए पनि थप २ महिनामा पनि काम गर्ने अवसर दिएको भन्दै पछिल्लो समयमा भने फिर्ता गर्न छापामार शैलीमा निर्णय भएकोप्रति असन्तुष्टि पोखेका थिए ।



    आलेले पार्टीको पछिल्लो निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको पनि बताए । उनले भने–‘त्यसले हाम्रो आत्मसम्मानमा चोट लगाउने काम भएको छ । पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु।’



    एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन ।

    पार्टी अध्यक्ष माधवकुमार नेपाल कुनै पनि हालतमा अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाउन चाहिरहेका छन् । बजेटका कारण लम्बिएको चार मन्त्रीले पद जाने नै भएपछि १० सांसदहरुलाई साथमा लिएर असन्तुष्टि जनाउँदै शुक्रबार नै संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

    तर, अध्यक्ष नेपालसमक्ष केही सिप नलागेपछि पर्यटनमन्त्री आलेले राजीनामा दिने घोषणा गरेको नेकपा एकीकृत समाजवादीकै नेताहरु बताउँछन् । यसअघि श्रममन्त्री किसानकुमार श्रेष्ठले त पार्टी नै फुट्नसक्नेसम्मको चेतावनी दिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार