Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बलात्कार प्रयास असफल भएपछि १५ वर्षीया किशोरीमाथि पेट्रोल खन्याएर आगो लगाइयो

    बलात्कार प्रयास असफल भएपछि १५ वर्षीया किशोरीमाथि पेट्रोल खन्याएर आगो लगाइयो

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । भारतको बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार गर्न सफल नभएपछि जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ ।

    ४० प्रतिशतसम्म जलिसकेकी पीडितको उपचार हाल मुजफ्फरपुरको एक अस्पतालमा चलिरहेको छ ।



    भारतिय सञ्चारमाध्यमका अनुसार प्रहरी चौकी इन्चार्ज विजय कुमारले भने, ‘घटना जुन १९ दिउँसो १ बजेतिर भएको थियो । पीडितको भनाइअनुसार एकजना व्यक्ति उनी भएठाउँ आएर जबरजस्ती करणी गर्ने प्रयास गरे । बलात्कार प्रयास असफल भएपछि ती व्यक्तिले उनको शरीरमा पेट्रोल खन्याएर आगो लगाइदिए । कारवाही गर्दै प्रहरीले आरोपीलाई न्यायिक हिरासतमा पठाएको छ । ’



    उनका भाइले स्थानीय सञ्चारमाध्यमसँगको भिडियो अन्तर्वार्तामा भनेका छन्, ‘बहिनी बिहान करिब १० बजे बुवाका लागि खाना लिएर खेतमा गएकी थिइन् । बुवा खाना खाएर औषधी लिन अस्पताल गए । यसैबीच करिब १२ : ४५ बजे ती केटा आए र उनीमाथि दुष्कर्मको कोसिस गरे र आगो लगाइदिए । गाउँलेहरूले हामीलाई यसबारे खबर गरेका थिए । पछि बहिनीलाई उपचारका लागि अस्पतालमा भर्ना गरियो । उनी बाँच्छिन् जस्तो मलाई लाग्दैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार