Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बाहुनले दलित तथा आदिवासीसँग बिहे गरेर कोटा खान मिल्दैन : गंगा चौधरी

    बाहुनले दलित तथा आदिवासीसँग बिहे गरेर कोटा खान मिल्दैन : गंगा चौधरी

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेकपा (एमाले) की सांसद् गंगा चौधरीले बाहुनले दलित तथा आदिवासीसँग बिहे गरेर कोटा खानु समानुपातिकको दुरुपयोग भएको बताएकी छन् । बुधबार सिंहदरबारमा बसेको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

    उनले हरेक आदिवासी तथा जातजातिको क्लस्टर छुट्ट्याएका कारण कसैले पनि अर्काको कोटा खान नमिल्ने बताइन् । यस्तो प्रावधान अन्त्य हुनुपर्ने उनको माग छ ।



    त्यस्तै उनले निर्वाचनमा महिलाको सहभागिता बढाउन प्रत्येक जिल्लामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत महिलाहरूबीच प्रतिस्पर्धा गराउनुपर्नेमा जोड दिइन् ।



    उनले हरेक पटकको निर्वाचनमा एक प्रदेशमा महिला–महिलाबीच प्रतिस्पर्धा गराउन अभ्यास गर्नुपर्ने भन्दै महिला–महिला र पुरुष–पुरुषबीच प्रतिस्पर्धा गराइएमा महिलाको सहभागिता बढ्ने उनको भनाई थियो । उनले निर्वाचनको मिति घोषणा भएपछि सत्तापक्षले आफ्ना कर्मचारीको सरुवा बढुवा गर्ने गरेको बताउँदै त्यस्तो खालको नीतिको अन्त्य हुनुपर्ने बताइन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार