Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अमेरिकी सिनेटमा बन्दुक नियन्त्रण विधेयक पारित

    अमेरिकी सिनेटमा बन्दुक नियन्त्रण विधेयक पारित

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 876
    SHARES

    एजेन्सी । अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले विधेयक पारित गरेको हो ।

    सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको छ । पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका छन् ।



    तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले विद्यालयमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न समुदायलाई सुरक्षित बनाउन मद्दत पुग्ने बताए ।



    अब उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुनेछ । प्रतिनिधिसभाबाट अनुमोदन भएपछि राष्ट्रपतिले लालमोहर लगाउने व्यवस्था छ ।

    राष्ट्रपतिबाट विधेयक स्वीकृत भएपछि विधेयक कानुनमा रुपान्तरण हुनेछ । ३९ करोड अमेरिकीसँग बन्दुक रहेको छ । बन्दुक हिंसाको प्रकोप नियन्त्रण गर्ने विधेयकको धेरैले स्वागत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार