Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • मन्त्रीहरू फेर्ने पार्टीको निर्णय कार्यान्वयन हुन्छ : माधव नेपाल

    मन्त्रीहरू फेर्ने पार्टीको निर्णय कार्यान्वयन हुन्छ : माधव नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 834
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

    शुक्रवार बसेको पार्टीको पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाउन पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न आग्रह गरे ।



    अध्यक्ष नेपालले शनिबारसम्ममा मन्त्रीहरू हेरफेर भइसक्ने पनि जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपालले पार्टीको निर्णय परिवर्तन नहुने बताएको जानकारी दिए ।



    यस्तै अध्यक्ष नेपालले गठबन्धनले आफूहरूलाई मुख्य एजेण्डा बनाएको नबनाएकोमा ध्यान दिने उल्लेख गर्दै देशका सबै निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी दिने गरी तयारी गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार