Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार खारेज

    अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार खारेज

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 984
    SHARES

    एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी महिलाको गर्भपतन गर्न पाउने संवैधानिक अधिकारको अन्त्य गरेको छ ।

    अमेरिकामा करिब आधा शताब्दीदेखि रहेको गर्भपतनलाई दिइएको संवैधानिक संरक्षण सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको हो ।



    सन् १९७३ मा गर्भपतनसम्बन्धी कानुनलाई अमेरिकामा वैध बनाइएको थियो । यससँगै अब अमेरिकामा दशौँ लाख महिलाले गर्भपतन सम्बन्धी कानुनी अधिकार गुमाउने बीबीसीले जनाएको छ ।



    परम्परावादी न्यायाधीशहरूको बहुमत रहेको अदालतले ऐतिहासिक रो भी वेडको ऐतिहासिक निर्णय उल्टाइदिएको हो । उक्त निर्णयको पक्षमा ६ जना र विपक्षमा ३ जना न्यायाधीश थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार