Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • किशोरीलाई बलात्कार प्रयास असफल भएपछि जिउँदै जलाइयो

    किशोरीलाई बलात्कार प्रयास असफल भएपछि जिउँदै जलाइयो

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 939
    SHARES

    सांकेतिक तस्बिर

    एजेन्सी । भारतमा किशोरीलाई पेट्रोल छर्केर जलाएको घटना सार्वजनिक भएको छ ।

    बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेपछि पेट्रोल छर्केर आगो लगाएका हुन् ।



    शरीरको ४० प्रतिशतभन्दा बढी भाग जलेको किशोरीको हाल मुजफ्फरपुर अस्पतालमा उपचार भइरहेको छ ।



    सीतामढीको पुपरी थानाका प्रहरी चौकी इन्चार्ज विजय कुमारले भने,’घटना जुन १९ दिउँसो १ बजेतिर भएको हो। पीडितको भनाइअनुसार एक व्यक्तिले उनीनजिक आएर बलात्कार गर्ने प्रयास गरे ।

    बलात्कार प्रयास असफल भएपछि ती व्यक्तिले किशोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाए। कारबाही गर्दै प्रहरीले आरोपीलाई न्यायिक हिरासतमा पठाएको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार