Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मुम्बई हमलाका मास्टरमाइन्ड साजिद मीर जिउँदै, पाकिस्तानमा पक्राउ परे

    मुम्बई हमलाका मास्टरमाइन्ड साजिद मीर जिउँदै, पाकिस्तानमा पक्राउ परे

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 1.4K
    SHARES

    एजेन्सी। पाकिस्तानले सन् २००८ को मुम्बई आतंकवादी हमलाका मुख्य योजनाकार साजिद मीरलाई पक्राउ गरेको छ।

    यसअघि पाकिस्तानी गुप्तचर एजेन्सी (आईएसआई) ले एफबीआईद्वारा मोस्ट वान्टेड घोषित साजिदको मृत्यु भएको दाबी गरेको थियो।  पाकिस्तानले एफएटीएफको ग्रे लिस्टबाट बाहिरिनका लागि मिरलाई सजाय दिने नाटक गरेको भारतीय संचार माध्यमहरुले आरोप लगाएका छन्।



    निक्की एशिया रिपोर्टका अनुसार एफबीआईका एक अधिकारीले मीर पाकिस्तानमा जीवित रहेको, हिरासतमा रहेको र सजाय सुनाइएको बताएको छ । २०११ मा, मीरलाई एफबीआईद्वारा मोस्ट वान्टेड सूचीमा समावेश गरिएको थियो, जसमा उनीमाथि ५ मिलियन डलर पुरस्कार थियो।



    अमेरिका र भारत दुवैले एक दशकदेखि उनको खोजी गरिरहेका छन् । लश्कर नेता हाफिज सईदको नजिक मानिने साजिदलाई मुम्बई हमलाका योजनाकार डेभिड कोलम्यान हेडली र अन्य आतंककारीहरूको ह्यान्डलर मानिन्छ।

    मीरको गिरफ्तारीबाट पाकिस्तानले आफू आतंकवादविरुद्ध काम गरिरहेको देखाउन चाहन्छ । यो गिरफ्तारीलाई एफएटीएफको ‘ग्रे’ लिस्टबाट बाहिर निकाल्ने योजना भनिएको छ। पाकिस्तान जुन २०१८ देखि एफएटीएफको ग्रे लिस्टमा परेको छ।

    यस पटक जर्मनीमा भएको बैठकमा एफएटीएफले ग्राउण्ड टेस्ट गरेर पाकिस्तानलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने निर्णय गर्ने बताएको थियो । यस्तो अवस्थामा पाकिस्तानले आतंकवादविरुद्ध खुलेर काम गरिरहेको देखाउन चाहन्छ ।

    आतंकवादी साजिद मीर लश्कर-ए-तैयबाका लागि काम गर्थे। मीर सन् २००१ देखि सक्रिय रहेको अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले जानकारी दिएको छ । उनले लस्करसँग मिलेर धेरै आतंकवादी हमलाको योजना बनाएका थिए । अमेरिकाले उनीमाथि ५० लाख पुरस्कार घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार