Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • गुजरातमा दंगा फैलाइएको आरोप लागेका प्रधानमन्त्री मोदीलाई सफाइ

    गुजरातमा दंगा फैलाइएको आरोप लागेका प्रधानमन्त्री मोदीलाई सफाइ

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 858
    SHARES

    फाइल फोटो

    एजेन्सी । सन् २००२ मा भएको गुजरात दंगाका आरोपी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।

    दंगाको समयमा मोदी गुजरातका मुख्यमन्त्री थिए । मोदीलाई आरोपीको सूचीमा समावेश नगरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।



    सर्वोच्चले त्यस रिटलाई खारेज गरेपछि मोदीमाथि लाग्दै आएको आरोपबाट उनी मुक्त भएका हुन् ।



    अदालतले गुजरात दंगामा कुनै समुदायमाथि हिंसा फैलाउने षड्यन्त्र कुनै पनि उच्च सरकारी तहबाट नभएको भन्दै रिट खारेज गरिदिएको हो ।

    रिटमा कुनै गलत उद्देश्यले दंगा फैलाइएको र त्यसमा मोदीसहितको सहभागिता रहेको भन्दै कानुनी कारबाहीको माग गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार