Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आफ्नो पार्टीको महिला संगठनले सक्रियता देखाउन नसकेको नेता नेपालको गुनासो

    आफ्नो पार्टीको महिला संगठनले सक्रियता देखाउन नसकेको नेता नेपालको गुनासो

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 825
    SHARES

    फाइल तस्विर

    काठमाडौं । महिला हिंसाका चर्चित मुद्दाहरूमा आफ्नो पार्टीको महिला संगठनले सक्रियता देखाउन नसकेको माधवकुमार नेपालले गुनासो गरेका छन् ।

    महिलाका मुद्दा आउनासाथ पत्रकार सम्मेलन गर्नेदेखि रत्नपार्कमा जुलुस निकाल्नेसम्मका गतिविधि गर्न महिला नेतृहरूलाई सुझाव दिए ।



    पार्टीनिकट महिला संगठनको कार्यक्रममा सम्बोधन गर्दै नेपालले भने, ‘यत्रो महिला हिंसाको इस्यूमा तपाईँहरू सडकमा कतै देखिनुभएन । तपाईँहरू व्यानर लिएर सडकमा उत्रिनुपर्थ्यो । मन्त्रीकहाँ डेलिगेसन जानुपर्थ्यो । पत्रकार सम्मेलन गर्नुपर्थ्यो । मण्डला र रत्नपार्कमा जुलुस निकाल्नुपर्थ्यो । तर, तपाईँहरूले केही गर्नुभएन ।’



    नेपालले भित्रभित्र भावना उम्लिए पनि त्यसलाई बाहिर नपोख्दासम्म अर्थ नहुने बताए । ‘कोही महिलामाथि हिंसा हुँदा आफूमाथि भएको सम्झेर विरोध गर्नुपर्छ । न्यायको आवाज उठाउनुपर्छ परिवारका सदस्यलाई भेटेर सान्त्वना र साथ दिनुपर्छ,’ नेपालले सिकाउँदै भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार