Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • दुई दिन अघि ४८ घण्टाभित्र राजीनामा दिने बताएका पर्यटनमन्त्री प्रेम आलेले अझै दिएनन् राजीनामा

    दुई दिन अघि ४८ घण्टाभित्र राजीनामा दिने बताएका पर्यटनमन्त्री प्रेम आलेले अझै दिएनन् राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 858
    SHARES

    फाइल फोटो

    काठमाडौं । दुई दिन अघि  ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अझै राजीनामा दिएका छैनन् ।

    शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका थिए। उनले भनेका थिए, ‘पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो।



    थप २ महिना पनि काम गर्ने अवसर दियो। पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु।’ तर, उनले भनेको समय सीमा बितिसक्दा पनि अहिलेसम्म राजीनामा नदिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ।



    एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार