Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पर्यटन बोर्डका सिइओलाई हटाउन खोज्ने मन्त्री आलेकै जागिर चट्

    पर्यटन बोर्डका सिइओलाई हटाउन खोज्ने मन्त्री आलेकै जागिर चट्

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आज राजीनामा पत्र बुझाएका हुन् ।

    मन्त्री भएदेखि नै नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीलाई नियम विपरित हटाउन खोजेका मन्त्री आले अन्ततः आफै राजिनामा दिन बाध्य भएका छन् । मन्त्री आलेले रेग्मीलाई हटाउन बोर्डको सञ्चालक समितिमा पटक–पटक दबाब दिएका थिए । तर, रेग्मीको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका कारण मन्त्री आलेको स्वार्थ पूरा हुन सकेको थिएन ।



    मन्त्री आलेले रेग्मीलाई बोर्डबाट नियम विपरित विभिन्न शिर्षकका नाममा करोडौं रकम दुरुपयोग गर्न लगाएका थिए । तर, रेग्मीले नमानेपछि रेग्मीलाई हटाउन आले निरन्तर लागेका थिए ।



    मन्त्री आलेलले दबाब दिंदा पनि बोर्ड सञ्चालक समितिमा बहुमत नपुगेपछि सिइओ रेग्मीलाई हटाउन सकेका थिएनन् । आफू अनुकुल काम नगरेको भन्दै बोर्डको सिइओबाट हटाउन जालझेल गरेका मन्त्री आलेको रणनीति उनकै मन्त्री पद खुस्किएपछि असफल भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार