Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मन्त्री आले अडियो प्रकरण-सार्वजनिक रुपमा माफी माग्नुपर्ने सांसदको माग

    मन्त्री आले अडियो प्रकरण-सार्वजनिक रुपमा माफी माग्नुपर्ने सांसदको माग

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 903
    SHARES

    काठमाडौं । सांसद बिमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अडियो प्रकरणबारे माफी माग्नुपर्ने बताएकी छन्।

    आज राष्ट्रिय सभामा जारी बैठकका क्रममा सांसद पौड्यालले आलेको अडियो प्रकरणबारे ध्यानाकर्षण गर्दै मन्त्रीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेकी हुन्।



    पौड्यालले भनिन्, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अहिले बोल्न लागिराख्नुभाको छ संसदमा, उहाँसम्बन्धि उहाँले बोलेको असाध्य अभद्र कसैले पनि सुन्न नसक्ने अपाच्य अडियो सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा करिब एक हप्तादेखि त्यो अडियो सबैको ध्यान आकृष्ट गरेको छ। हामी धेरैजना मान्छेहरु त्यो अडियो सुन्न सक्ने अवस्थामा पनि छैनौँ र सबैले प्रश्न उठाइराखेका छन् ।



    उनले थपिन् सार्वजनिक पद धारण गर्ने व्यक्तिले यसरी बोल्न मिल्छ कि मिल्दैन। उहाँले जुन किसिमको गाली गलौच गर्नु भएको छ। जसरी आइरहेको छ अडियोमा त्यो गाली गलौच सर्वसाधारणले गर्न सक्दैन। हामी सार्वजनिक पद धारण गरेर बस्ने व्यक्तिहरुले त यो क्षम्य हुनै नहुने खालको काम गरेको मलाई महसुस भएको छ।’

    संसदले यसलाई साधारण ठान्न सक्दैन। यो अभद्रता सह्य हुँदैन। र यसको लागि आज यो संसदमा सम्बोधन गर्नुभन्दा पहिले सार्वजनिक रुपमा मन्त्रीज्यूले माफी माग्नुपर्छ भनेर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार