Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रेम आलेले २ दिन अघि नै आजको मिति राखेर मन्त्री पदबाट राजीनामा दिएको खुलासा

    प्रेम आलेले २ दिन अघि नै आजको मिति राखेर मन्त्री पदबाट राजीनामा दिएको खुलासा

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 831
    SHARES

    फाइल फोटो

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले २ दिन अघि नै आजको मिति राखेर पार्टी अध्यक्ष माधव नेपाललाई मन्त्री पदबाट राजीनामा दिएको खुलाएका छन् । आइतबार राष्ट्रियसभामा सांसदहरुको प्रश्नको जवाफ दिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले २ दिन अघि नै राजीनामा गरेको खुलाए ।

    उनले भने–‘अस्ति शुक्रबार पोलिटब्युरोको बैठक हुँदा त्यही दिन नै मैले ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेको थिएँ । अस्ति मैले सवा ३ बजेतिर पार्टीमा त्यो कुरा राखेको थिए, अहिले ठ्याक्कै ३ बज्दैछ, १५ मिनेट अघि नै मैले राजीनामा दिँए ।’ उनले आफूले ब्याक डेट राखेर राजीनामा दिएको बताए ।



    उनले भने–‘मैले २ दिन अघि नै ब्याक डेटमा राजीनामा दिइसकेको थिएँ, यहाँ सदनमा जवाफ त दिनुप¥यो नी । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको तर्फबाट प्रतिनिधिसभामा त मैले जवाफ दिइसकेँ । राष्ट्रियसभामा जवाफ दिन बाँकी नै थियो । अहिले जवाफ दिएर फर्किएँ अब मेरो दायित्व पूरा भयो ।’



    उनले अरु मन्त्रीहरुको बारेमा आफूलाई थाहा नभएको र आफूले चाही राजीनामा दिएको बताए । उनले लोकतान्त्रिक व्यवस्थामा पार्टीले नै मन्त्री सांसद, मन्त्री बनाउने र पार्टीमै राजीनामा दिने बताउँदै पार्टीले गरेको निर्णय स्वीकार्य भएको बताए । उनले बजेटबारे संसदमा जवाफ दिएर फर्किने भनेकोले मात्र समय लम्बिएको बताए । उनले आफू मन्त्रीको रुपमा रहँदा देश र जनताको पक्षमा राम्रो काम गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार