Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • लोसपा नेपाल र लोक दलबीच एकता

    लोसपा नेपाल र लोक दलबीच एकता

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 525
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र लोक दलबीच एकता भएको छ ।

    मधेस तथा समग्र देश र जनताको अधिकार प्राप्तिको संघर्षलाई अझ उचाइमा पुर्याउन दुई पार्टीहरूबीच एकता घोषणा गरिएको दुवै दलले घोषणा गरेका छन् । आइतबार लोसपा नेपालको काठमाडौंस्थित कार्यालयमा एकता घोषणा गरिएको हो ।



    एकताले एकीकरणले समग्र देशभित्र रहेका उपेक्षित, पिडित, पिछडा वर्ग लगायत सम्पूर्ण मधेसी तथा अधिकारबाट बञ्चित नागरिकहरुको आवाजलाई अझ बढी मुखरित गर्ने दुवै दलले दावी गरेका छन् ।



    उनीहरुबीच भएको चार बुँदे सहमतिमा लोक दलले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालको नाम, झण्डा र छाप स्वीकार गर्ने, लोक दलबाट आएका नेता तथा कार्यकर्ताहरूलाई सहमति अनुसारको स्थान र सम्मान लोसपा नेपालमा प्रदान गर्ने उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार