Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • फुटबल टिमका प्रशिक्षक अलमुताइरीलाई नेपाल फर्काउन एन्फाको तयारी

    फुटबल टिमका प्रशिक्षक अलमुताइरीलाई नेपाल फर्काउन एन्फाको तयारी

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई नेपाल फर्काउनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले तयारी थालेको छ।

    पाँच दिनअघि बसेको एन्फाको केन्द्रीय समिति बैठकले अलमुताइरीलाई राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारीमा निरन्तरता दिने वा नदिने विषयमा निर्णय गर्न एन्फा सचिवालयलाई जिम्मेवारी दिएको थियो।



    त्यहि निर्णयअनुसार एन्फा सचिवालयले हाल आफ्नो देश कुवेतमा रहेका अलमुताइरीसँग कुराकानी गरेको थियो। जसमा उनी नेपाल फर्कन सकारात्मक रहेको एन्फा सचिवालयको भनाइ छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार