Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आजको मौसम : मेघ गर्जन र चट्याङसहित देशभर वर्षाको सम्भावना

    आजको मौसम : मेघ गर्जन र चट्याङसहित देशभर वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 708
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज मनसुनी वायुको प्रभाव देशभरि रहेको छ । प्रदेश-१ बाट गएको जेठ २२ गते नेपाल भित्रिएको मनसुन अहिले देशभर नै फैलिएको छ ।

    सुदूरपश्चिममा हिजो प्रवेश गरेसँगै मनसुन देशभर फैलिएको हो । मनसुनि गतिविधि सक्रिय रहेकाले आज देशका धेरै ठाउँमा दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    महाशाखाका अनुसार केही ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको छ । अहिले देशभरको मौसम बद्ली भएर धेरै ठाउँमा पानी परिरहेको छ ।



    प्रदेश-१, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । भरे राति र भोलि पनि देशभर पानी पर्ने सम्भावना रहेको छ ।

    गएरातिदेखि नै पानी परिरहेको तथा आज र भोलि पनि पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम उच्च रहेकाले सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार