Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • को हुन् नवनियुक्त श्रम मन्त्री शेरबहादुर कुँवर ?

    को हुन् नवनियुक्त श्रम मन्त्री शेरबहादुर कुँवर ?

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 2.2K
    SHARES

    काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर निर्णय गरेको लामो समय पछि आज सपथ ग्रहण भएको छ । पार्टीको सचिवालयले गरेको निर्णयलाई स्थायी समितिको बैठकले यसअघि नै अनुमोदन गरि सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर नयाँ ४ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । नेकपा एकीकृत समाजवादीले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा अछामका शेरबहादुर कुँवरलाई सिफारिस गरेको छ ।

    पार्टी सचिवालयले गरेको निर्ण्यलाइ स्थायी कमिटी र पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरे पछि कुँवर लगायत अन्य ३ जनाले समेत मन्त्री पदको जिम्मेवारी लिन लाग्नु भएको छ । लामो समयदेखि राजनीतिमा सक्रिय कुँवर अछाम जिल्लाको चौरपाटी गाउँ पालिका वडा नम्बर ४ साविक पायल गाविस बडा नम्बर-५ मा स्व .कर्ण सिंह कुवर र बसुन्धरा कुवरको कान्छो सन्तानको रूपमा २०२३ साल भाद्र ६ गते जन्मिनुभएको हो । उहाका पाच दाजुभाइ तीन दिदिमा कान्छो सन्तानका रुपमा जन्मेका कुवरले २०५२ साल माघ ११गते अनेरास्ववियु अछामका महिला नेत्री धुर्बा खड्का संग बैबाहिक जीवनमा बाधिनु भएको हो ।



    धुर्वा खड्का कुवर हाल सुदुरपश्चिम प्रदेश कमिटीको सदस्य हुनुहुन्छ । एक छोरा एक छोरी रहेका कुवर राष्ट्रियसभाका पूर्वसदस्य हुनुहुन्छ । उहाँको चार वर्षे कार्यकाल गत वर्ष २० फागुनमा सकिएको थियो । त्यसअघि उहाँ एकीकृत समाजवादीको राष्ट्रियसभा तर्फका प्रमुख सचेतक समेत हुनुहुन्थ्यो । महेन्द्र मोरङ क्याम्पस बिराटनगर अध्यन गर्ने क्रममा कुँवर ०३८ सालदेखि नेकपा मालेको बिद्यार्थी सङ्गठन अनेरास्ववियूमा आबद्ध भएर राजनीतिमा लाग्नुभएको हो । बिराटनगर बाट काठमाडौ आएर शंकरदेव क्याम्पसमा बि कममा भर्ना भए पछि २०४६ सालमा जनआन्दोलन परिचालन एक्सन कमिटीमा रहेर काम गर्दा विभिन्न पटक गिरफ्तार पनि पर्नु भएको थियो ।



    आफ्नो गृह जिल्ला फर्के पछि ०४७ साल अछाममा अनेरास्ववियुको दोस्रो जिल्ला अधिबेशन बाट कमिटीको अध्यक्ष बन्नुभएका उहाँ ०४९ सालमा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य बन्नुभएको थियो । स्थानीय निकायको निर्वाचन २०४९ सालमा जिल्ला बिकास समिति अछामको उपसभापतिको पदमा निर्वाचन लड्नु भएको थियोे । अछाममा नेकपा एमालेको कुशल सङ्गठन निर्माता कुँवर र एमालेका पूर्व उपाध्यक्ष भीम रावलको एउटै निर्वाचन क्षेत्र नम्बर १ हो। तीन पटकसम्म एमाले अछामको नेतृत्व गरेका कुँवर रावलका विश्वासपात्र हुनुहुन्थ्यो । कुवर नेतृत्वमा आए पछि भएका निर्वाचनमा पार्टीले पराजित हुनु परेको थिएन ।

    सं‌टकालको बेला अछाम जिल्लाको सदरमुकाम मंगलसैनमा रहेर राजनीतिक तथा सामाजिक नेतृत्व दिएर तत्कालीन पार्टी एमालेको संगठनलाई जोगाउनुभएको कुँवरले देशैभर एमाले ओरालो लागेको समयमा विसं २०६४ सालको पहिलो संविधानसभा चुनावमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो। त्यसबेला भीम रावल समानुपातिकबाट सांसद बन्नुभएको थियो । कुँवर २०७४ मा राष्ट्रिय सभा सदस्य बन्नुभएको थियो । एमालेमा रहँदासम्म पार्टी जिल्लाको नेतृत्वमा नै सिमित रहनुभएका कुँवर एकीकृत समाजवादीको केन्द्रिय कमिटी सदस्य संगठन बिभागको सदस्य हुनाका साथै सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुनुहुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार