Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एकदिन पनि टिकेन शेयर बजारको हरियाली,आज दोहोरो अंकले घट्यो

    एकदिन पनि टिकेन शेयर बजारको हरियाली,आज दोहोरो अंकले घट्यो

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 798
    SHARES

    काठमाडौं । सोमबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

    आइतबार ९५ अंकले बढेको नेप्से आज २३.८५ अंकले ओरालो लागेर १९३३.१३ को बिन्दुमा झरेको छ ।



    कारोबारमा आएका २२९ कम्पनीको ५६ लाख ८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोड ८० लाख ८८ हजार ३४२ रुपैयाँको कारोबार भएको छ ।



    आज सर्वाधिक नागरिक लगानी कोषको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोडमाथिको शेयर खरिदबिक्री भएको हो ।

    कम्पनीको शेयरमूल्य आज एकैदिन ११४ रुपैयाँका दरले बृद्धि भएसँगै लगानीकर्ताहरुले धमाधम शेयर बिक्री गरेका हुन् ।

    कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २२९ कम्पनीमध्ये ३१ कम्पनीको मात्र शेयरमूल्य बढेको छ ।

    सोमबार १३ उपसमूहमध्ये दूई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार