Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 699
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४१ जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन् ।



    जसमध्‍ये २०२ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार