Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जन्म र लिङ्गका आधारमा गरिने विभेद नहटेसम्म समाजवाद असम्भव : उपेन्द्र यादव

    जन्म र लिङ्गका आधारमा गरिने विभेद नहटेसम्म समाजवाद असम्भव : उपेन्द्र यादव

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 750
    SHARES

    फाइल फोटो

    काठमाडौं । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले जन्मका र लिङ्गका आधारमा विभेद रहेसम्म समाजवाद सम्भव नहुने बताएका छन् ।

    सोमबार ‘नेपालमा समाजवाद स् चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा उनले जन्म र लिङ्गका आधारमा हुने विभेदका अन्त्य नभएसम्म समाजवादको कल्पना समेत गर्न नसकिने बताए ।



    ‘यी विभेदहरु जवसम्म अन्त्य हुदैन तवसम्म समाजवादको कल्पना गर्न सकिदैन’, यादवले भने, ‘त्यसमा ध्यान दिनुपर्छ । यसमा विगतमा भएका असमानता सच्याउनुपर्छ । वर्गीय विभेद, जात र कल्चर डिस्क्रेप्सन समाजवादको बाधा हो ।’



    उनले कम्युनिस्ट हुँदैमा पनि समाजवाद आउन सम्भव नहुने बताए । उनले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई उपलब्धिका रुपमा लिन सकिएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकिएको बताए ।

    ‘अहिले हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर अवस्थामा छ । कुनबेला जाने हो की भन्ने खतरा हुन्छ । अस्ति त झण्डै गएको, बल्लबल्ल जोगाएको फेरि भोली के हुने हो ठेगान छैन’, उनले समाजवादको राजनीतिक, समाजिक, आर्थिक र पर्यावरणीय सेयर सवैले पाउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार