Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • स्थानीय तह निर्वाचन : तालमेल भएका सहरमा बढी बदर

    स्थानीय तह निर्वाचन : तालमेल भएका सहरमा बढी बदर

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 897
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गाउँभन्दा सहरमा शिक्षित जनसङ्ख्याको बसोबास र मतदाता शिक्षाका कार्यक्रममा पहुँच बढी हुने विश्वास गरिए पनि बदर मतको स्थिति भने ठीक विपरीत पाइएको छ । स्थानीय तह निर्वाचन २०७९ मा गाउँभन्दा सहरमा बदर मत बढी खसेको छ ।

    त्योभन्दा पनि दलहरूबीच तालमेल भएका सहरमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ ।निर्वाचन आयोगले दलहरूका कारण बदर मत बढी भएको दाबी गरेको छ तर आयोगका पूर्वपदाधिकारी भने आयोगकै कमजोरीले बदर मत बढेको बताउँछन् ।



    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले गाउँभन्दा सहरमा मत बढी बदर भएका कारण खुलाउँदै भने, “हेलचेक्र्याइँ वा मतदान गर्न अनिच्छुक वा मतदाताले विकल्प नपाएर मत बदर गरेको हुनसक्छ ।”



    यद्यपि उहाँले दलहरूबीच हुने चुनावी तालमेललाई मतदाताले मतदानको क्रममा ध्यान नदिएको वा नबुझेकाले समेत सहरमा बदर मत बढेको दाबी गरे । तर पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चुनावी तालमेलभन्दा पनि मतपत्रको डिजाइनले मत बदर बढेको दाबी गरे । उनले भने “आफूले मत हाल्न खोजेको चुनाव चिह्न छरिएर रहँदा अलमलिन गई मत बदर हुने सम्भावना बढी हुन्छ ।”

    बाजुराको बूढीगङ्गा नगरपालिकाबाहेक ७५२ पालिकामा गत वैशाख ३० गते मतदान भएको थियो । निर्वाचनमा सङ्घीय राजधानी सहर काठमाडौँसहित छ महानगरपालिकामा उपप्रमुख पदमा मात्रै बदर मतको औसत प्रतिशत २७.४३ छ । पोखरामा वडा अध्यक्षबाहेक छवटै महानगरपालिकाको सबै पदमा दस प्रतिशतभन्दा बढी नै मत बदर छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार