Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • किन आम जनताभन्दा धेरै बाँच्छन् नेताहरु ? यस्तो छ कारण

    किन आम जनताभन्दा धेरै बाँच्छन् नेताहरु ? यस्तो छ कारण

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 1K
    SHARES

    एजेन्सी । संसारलाई प्रभावित गर्ने मानिस अर्थात् नेताहरुसँग सम्बन्धित एक विशेष तथ्य वैज्ञानिकहरुले खुलासा गरेका छन् । पछिल्लो अध्ययनले आम मानिसहरुको तुलनामा नेताहरुको आयु धेरै हुने तथ्य पत्ता लगाएको छ ।

    यसबाट संसारभरका कूलीन र आम मानिसहरु बीचको गहिरो असमानता समेत प्रष्ट भएको छ । शोध अनुसार नेताहरु र जनताबीचको औषत आयुबीचको अन्तर समयक्रमसँगै बढ्दै गएको छ ।



    १९ औँ शताब्दीको अन्त्य तथा २० औँ शताब्दीको सुरुवातताका अधिकांस देशमा त्यहाँका नेताहरुको मृत्युदर आम जनताको मृत्युदर जस्तै थियो । तर २० औँ शताब्दीका क्रममा नेता र जनताको मृत्युदरको अन्तर सबै देशमा व्यापक रुपमा बढेर गयो । नेताहरुको औसत आयु आम जनताको भन्दा धेरै हुनुको एउटा प्रष्ट तथा सबैभन्दा ठूलो कारण चाहिं पैसा तथा आर्थिक असमानता नै भएको शोधले देखाएको छ ।



    नेताहरुको आम्दानी आमा मानिसहरुको तुलनामा धेरै हुन्छ जसका कारण उनीहरु स्वस्थ जीवनशैली, उपचार तथा स्वास्थ्यमा धेरै खर्च गर्न सक्दछन् र त्यसले उनीहरुलाई दीर्घायु र स्वस्थ बनाउँछ । नेताहरु र सामान्य जनताबीच जीवन जिउने तरिकामा हुने फरक गहिरो बन्दै गइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार