Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सुतिरहेकी ८ वर्षीया बालिका बलात्कृत, शिक्षक पक्राउ

    सुतिरहेकी ८ वर्षीया बालिका बलात्कृत, शिक्षक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 975
    SHARES

    फाइल तस्विर

    बझाङ । बझाङमा बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

    जिल्लाको केदारस्यु गाउँपालिकास्थित सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामी बलात्कार आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।



    असार ८ गते राति विवाहको कार्यक्रममा सहभागी भएर सुतिरहेकी ८ वर्षीया बालिकालाई गुर्धामीले बलात्कार गरेको आरोप छ ।



    बालिकाले उक्त कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार