Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कर्मचारीको खातामा तलबको २८६ गुणा बढी रकम गएपछि…

    कर्मचारीको खातामा तलबको २८६ गुणा बढी रकम गएपछि…

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । एक जना कर्मचारीको खातामा दुर्घटनावश तलबको २८६ गुणा बढी रकम गएपछि कम्पनीले पैसा फिर्ता गरिदिन माग गरेको छ ।

    गत महिनाको तलबमा यत्ति धेरै रकम पाएपछि ती कर्मचारीले जागिरबाट राजीनामा दिएका छन् र पैसा फिर्ता गरिदिने बचन दिएर फरार भएका छन् ।अडिटी सेन्ट्रलका अनुसार चिलीको एक कम्पनी कन्सर्सियो इन्डष्ट्रियल डे एलिमेन्टोसका ह्युमन रिसोर्स डिपार्टमेन्टका कर्मचारी हाल अत्यधिक तनावमा छन् ।



    दुर्घटनावश, उनीहरुले आफ्ना एक कर्मचारीलाई १६५,३९८,८५१ चिलियन पेसोस (१,८०,००० डलर) अर्थात् लगभग २ करोड २८ लाख रुपैयाँ एक महिनाको तलब स्वरुप पठाएका थिए । ती कर्मचारीको वास्तविक तलब ५००,००० पेसोस (५४२ डलर) अर्थात् लगभग साढे ६८ हजार रुपैयाँ थियो । तर अहिले ती कर्मचारीले तलब दिन मानेका छैनन् ।



    उनले आफ्नो जागिरबाट राजीनामा दिएका छन् र हाल फरार छन् । फलस्वरुप, कम्पनीसँग अन्य कुनै विकल्प बाँकी नरहेपछि कानुनी उपचार थालिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार