Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • १३ दिनमा काठमाडौंका १४ जनामा हैजा संक्रमण पुष्टि

    १३ दिनमा काठमाडौंका १४ जनामा हैजा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 804
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १३ दिनको बीचमा १४ जनामा संक्रमण पुष्टि भएको हो।



    ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ ।



    हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार