Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जैविक फोहोरबाट मलको हाहाकार कम गर्न सकिन्छ, महानगरपालिका क्रियाशील छ : बालेन शाह

    जैविक फोहोरबाट मलको हाहाकार कम गर्न सकिन्छ, महानगरपालिका क्रियाशील छ : बालेन शाह

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौँमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर रासायनिक मलको हाहाकारलाई केही कम गर्न सकिने बताएका छन् ।

    यसका लागि महानगरपालिका क्रियाशील रहेको उनले बताए । आज असार १५ र राष्ट्रिय धान दिवसको शुभकामना दिँदै प्रमुख शाहले, जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा आफू सचेत रहेको उल्लेख गरे ।



    प्रमुख शाहले भने, ‘काठमाडौँमा वस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्बरता र उब्जनीको ठुलो भूमिका छ । उर्वर माटोलाई खेती गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भुमिका छ ।



    हो, अहिले हाम्रा प्राथमिकताहरु झाँगिदै जाँदा यहाँका किसानहरुका मुद्दा कमजोर हुँदै गएका होलान् वा कृषि नै सीमान्तकृत हुँदै गएको होला । तर, हामीलाई जे र जसले यहाँ ल्याइपु(यायो, उसैलाई बिर्सने भन्ने हुँदैन ।’

    शुभकामनामा प्रमुख शाहले, कृषि क्षेत्र र अन्न उत्पादन गर्ने किसानप्रति आभारी र जिम्मेवार हुनै पर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार