Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जङ्गली च्याउ खाँदा १५ जना बिरामी, तीनको अवस्था गम्भीर

    जङ्गली च्याउ खाँदा १५ जना बिरामी, तीनको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 999
    SHARES

    फाइल तस्विर

    रुपन्देही । जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी परेका छन् ।

    जिल्लाको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका ६ जना र वडा नम्बर ४ लक्ष्मीनगरका ९ जना जङ्गली च्याउ खाएर बिरामी परेका हुन् ।



    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसीयूमा उपचार भइरहेको छ ।



    अरु बिरामीको पनि लुम्बिनी अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार