Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेस उपसभापति धनराज गुरूङ चढेको गाडी दुर्घटना

    कांग्रेस उपसभापति धनराज गुरूङ चढेको गाडी दुर्घटना

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ ।

    रामेछापमा गोगनेमा आज बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको हो ।



    बोलेरो गाडी सडक किनारबाट थोरै तल झरेको छ । तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले जानकारी दिएका छन् । उनले आफू सकुशल रहेको जानकारी पनि दिएका छन् ।



    उनले ट्वीटरमा लेखेका छन्, ‘ठूलो घटना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’ एक्साभेटर बोलाएर गाडी तान्ने तयारी भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार