Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • डब्ल्युएचओको चेतावनी – कोरोना महामारी समाप्त भएको छैन

    डब्ल्युएचओको चेतावनी – कोरोना महामारी समाप्त भएको छैन

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 831
    SHARES

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी अहिले नै समाप्त भइनसकेको जनाएको छ । डब्ल्यूएचओका अनुसार विश्वका ११० देशमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । भारतमा पनि कोरोना संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ ।

    यहाँ पछिल्लो २४ घण्टामा १८,५७८ जनामा संक्रमण देखिएको थियो । यो फेब्रुअरी १९ पछिको सबैभन्दा धेरै संख्या हो । १९ फेब्रुअरीमा १९,९६८ नयाँ संक्रमित भेटिएका थिए । मंगलबारको तुलनामा बुधबार नयाँ संक्रमितमा २८ प्रतिशतको वृद्धि भएको छ ।



    नेपालमा कोरोना महामारीको संक्रमणदर पछिल्लो दुई सातामा ह्वात्तै वृद्धि भएको छ । १५ दिनको अवधिमा संक्रमणदर बढ्दै गएर अहिले ५ प्रतिशतसम्म पुगेको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले महामारी अहिले नै समाप्त भइनसकेको बताएको छ । डब्ल्यूएचओले भनेको छ, ‘महामारीको खतरा कम छ तर अहिले नै समाप्त भइसकेको भने छैन ।’ डब्ल्यूएचओका अनुसार विश्वका ११० देशमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।



    भारतमा पनि कोरोना संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । यहाँ पछिल्लो २४ घण्टामा १८,५७८ जनामा संक्रमण देखिएको थियो । यो फेब्रुअरी १९ पछिको सबैभन्दा धेरै संख्या हो । १९ फेब्रुअरीमा १९,९६८ नयाँ संक्रमित भेटिएका थिए । मंगलबारको तुलनामा बुधबार नयाँ संक्रमितमा २८ प्रतिशतको वृद्धि भएको छ । यहाँ मंगलबार १४,५०६ नयाँ संक्रमित भेटिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार