Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल युनिभर्सिटीको अवलोकन

    प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल युनिभर्सिटीको अवलोकन

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 861
    SHARES

    काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले वासिङ्टन डिसीस्थित नेशनल डिफेन्स युनिभर्सिटीको अवलोकन गरेका छन् ।

    स्थानीय समयअनुसार उनले बुधबार उक्त युनिभर्सिटीको अवलोकन गरेका हुन् । युनिभर्सिटीको भ्रमणको क्रममा प्रधानसेनापति शर्माले नेशनल वार कलेजका कमाण्डाण्ट जेफ हर्लबर्टसँग भेटवार्ता गरेका थिए ।



    वासिङ्टनमा उनले एनडब्लुसी, नियर इस्ट साउथ एसिया सेन्टर फर स्ट्राटेजिक स्टडीज् लगायतका विभिन्न निकायका पदाधिकारीहरूसँग समेत भेटवार्ता गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



    उनले भेटघाटमा त्यहाँको शैक्षिक गतिविधि, तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए । भ्रमणकै दौरान प्रधानसेनापति शर्माले युनाइटेड स्टेट आर्मी वार कलेज ९एडब्लुसी० र युनाइटेड स्टेट आर्मी हेरिटेज एण्ड एजुकेसन सेन्टरको समेत अवलोकन गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार