Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • युटुबरको कानको जाली फुटाउन धम्की दिने टिपर ब्यबसायीविरुद्ध प्रहरीमा जाहेरी

    युटुबरको कानको जाली फुटाउन धम्की दिने टिपर ब्यबसायीविरुद्ध प्रहरीमा जाहेरी

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 1.9K
    SHARES

    दाङ । घोराही निबासी युटुबर सुदन थापाले आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै स्वर्गद्वारी टिपर ब्यबसायी समितिका अध्यक्ष भरतनाथ योगीविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

    घोराही-बङ्गलाचुली सडकमा स्थानीयले टिप्पर रोकेर बिरोध जनाएपछि भिडियो बनाउन पुगेका थापालाई राप्ती समितिला बरिस्ठ उपाध्यक्ष समेत रहेका योगीले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् ।



    ज्यान मार्ने धम्की दिएको भन्दै योगीविरुद्ध जाहेरी दर्ता गराउन थापा अन्य युटुबरसहित जिल्ला प्रहरी कार्यालय दाङ पुगेका थिए । योगीले फोनबाट थापालाई घोराही बजारको बीचमा लगेर कानको जाली फुट्ने गरि पिट्ने भनेर भन्दै धम्की दिएको आरोप लगाएका हुन।



    टिपर समितिका अध्यक्ष योगीले समितिको तर्फबाट टिपर सन्चालनको लागि समन्वय गरिरहेको बेला आफ्नो नाम ब्यक्तिगत रुपमा जोडेर भिडियोमा बोलेपछि बाध्य भएर सो अभिब्यक्ति दिनु परेको बताए ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले योगीरुद्ध प्रहरीमा जाहेरी आएको  बताए । उनले घटना बारे अनुसन्धान हुने पनि बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार