Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

    थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 885
    SHARES

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५३२ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार १६६ जनाको एन्टीजेन परीक्षणमा १९ जना गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २८० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २७४ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।



    बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार १६७ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार