Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • साइबर अपराधजन्य गतिविधि गरिरहेको आशंकामा चिनियाँ नागरिकले चलाएको कम्पनीमा प्रहरी छापा

    साइबर अपराधजन्य गतिविधि गरिरहेको आशंकामा चिनियाँ नागरिकले चलाएको कम्पनीमा प्रहरी छापा

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 915
    SHARES

    कास्की। साइबर अपराधसंग जोडिएका गतिविधि भइरहेको आशंकामा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले चिनियाँ नागरिकले चलाएको एक कम्पनीमा छापा मारेको छ ।

    कम्पनीमा कार्यरत तीन जना चिनियाँ र ७५ नेपाली नागरिकमाथि सोधपुछ भैरहेको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।



    पोखरा–१७, ड्यामसाइटमा घर भाडामा लिएर उनीहरुले अवैध गतिविधि गरिरहेको प्रहरीको आरोप छ । उनीहरुको गतिविधिबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।



    नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना प्रहरीलाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार