Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चौरपाटी गाउँपालिकाले मनायो तेस्रो कोदो दिवस

    चौरपाटी गाउँपालिकाले मनायो तेस्रो कोदो दिवस

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 1.3K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाले बिहीबार तेस्रो ‘कोदो दिवस’ मनाएको छ । कोदो बालीको संरक्षण एंव प्रर्वद्धन गर्न गाउँपालिकाले बिहीबार सो दिवस मनाएको हो ।

    पालिकाभित्र रहेका सात वटै वडामा कोदो रोपेर तथा गोडेर ‘कोदो दिवस’ कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।



    कोदोको उत्पादन वृद्धि गर्न ‘फलेको कोदो, कुटेको धान’ भन्ने कार्यक्रम अगाडि सारेर गाउँपालिकाले विशेष कार्यक्रम ल्याएको छ । कोदो दिवस कार्यक्रममा सहभागि हुँदै चौरपाटी गाउपालिका उपाध्यक्ष सर देवि खड्काले कोदोलाई बजारसँग जोड्ने र पकेट क्षेत्र बनाउन विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।



    कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष बिरेन्द्र साउद, कार्यपालिका सदस्य भक्ते कामि लगायतका जनप्रतिनिधि, कर्मचारीहरुको सहभागिता रहेको थियो । गाउँपालिकाले प्रत्येक वर्ष असार १६ गते कोदो दिवस मनाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार