Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पुटिनलाई भेटेर इन्डोनेसियाली राष्ट्रपति भने–युक्रेन युद्ध चाँडै अन्त्य होस्

    पुटिनलाई भेटेर इन्डोनेसियाली राष्ट्रपति भने–युक्रेन युद्ध चाँडै अन्त्य होस्

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 846
    SHARES

    एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लगातार भेटवार्ता गरेका इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले आफ्नो मुलुकले यो युद्ध चाँडै अन्त्य होस् भन्ने चाहेको बताएका छन् ।

    पत्रकार सम्मेलनमा विदोदोले भनेका छन्,’बाह्य परिस्थिति अझै जटिल देखिए तापनि अझैपनि समस्या समाधान र खुला वार्तातर्फ अघि बढ्नु महत्वपूर्ण छ । म विश्वका सम्पूर्ण नेताहरूलाई आपसी सहयोगको भावना ब्युँताउँन आह्वान गर्छु ।’



    यसैगरी सोही पत्रकार सम्मेलनमा पुटिनले भनेका छन्,’हामीबीचको वार्ता उत्पादक रह्यो । आज भएका सहमतिहरूले रुस र इन्डोनेसियाबीचको सझेदारीलाई अझै सदृढ बनाउने कुरामा म विश्वस्त छु ।’



    तर, पुटिनले कुनै पनि संभावित विश्वव्यापी खाद्यान्न समस्याका लागि पश्चिम जगत्लाई दोष दिन भने चुकेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार