Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • फिफाले हटायो पाकिस्तानमाथिको प्रतिबन्ध

    फिफाले हटायो पाकिस्तानमाथिको प्रतिबन्ध

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 939
    SHARES

    एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लागेको प्रतिबन्ध हटाएको छ ।

    फिफाले एक विज्ञप्ति निकालेर पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको हो ।



    फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा एउटा कमिटी गठन गरिएको थियो ।



    कमिटीले पीएफएफ पूर्णरुपमा आफ्नो मातहतमा ल्याएको कारण प्रतिबन्ध हटाइएको फिफाले जनाएको छ । तर फिफाले कमिटीलाई काममा बाधा गरिएमा फेरि प्रतिबन्ध गरिने चेतावनी समेत दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार