Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 771
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



    आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ का एकदुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।



    प्रदेश–१ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

    नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार