Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रचण्डलाई भेट्न एकाबिहानै खुमलटार पुगे राजेश हमाल

    प्रचण्डलाई भेट्न एकाबिहानै खुमलटार पुगे राजेश हमाल

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 936
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा भेटवार्ता भएको हो । भेटवार्ता करिब आधा घण्टा भएको थियो ।



    भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति, नेपाली चलचित्र क्षेत्रका समस्या र अन्य गतिविधिका विषयमा छलफल भएको बताइएको छ ।



    चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेको चर्चा व्यापक थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार